चितवनमा ट्राफिक नियम उल्लंघन गर्ने ७३ चालक प्रहरीको कारबाहीमा

 

कमला गुरुङ्ग,

चितवन, १० साउन । चितवनमा ट्राफिक नियम उल्लंघन गर्ने ७३ जना प्रहरीको कारबाहीमा परेका छन् । हिजो दिनभर जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरु कारबाहीमा परेको चितवन ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

कारबाहीमा परेका चालकहरुबाट जरिवाना स्वरुप ६६ हजार ५ सय राजश्व समेत संकलन गरिएको छ । यस्तै, मापसे गर्ने ४ जना पनि प्रहरीको कारबाहीमा परेका छन् ।