चितवनमा प्रहरीले स्कटिङ्ग गरेर सवारी साधन सञ्चालनमा (तस्वीरसहित)

शिव आचार्य
चितवन, १० साउन । चितवनमा वन्दका बाबजुत पूर्व पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ्ग गरेर सवारी साधन सञ्चालनमा ल्याएको गरेको छ । विप्लव माओवादीले गरेको नेपाल बन्दमा बन्दमा चितवन प्रहरीले गन्तब्यमा हिडेका सवारी साधनलाई सुरक्षा दिएर पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले गरेको नेपाल बन्दमा देशैभरको जनजीवन प्रभावित भईरहेको अवस्थामा जनजिवन सामान्य बनाउन प्रहरी स्कटिङ्ग गरेर सावारी साधन सुरुचारु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक वसन्त कुवंरले जानकारी दिए । राजमार्गमा सवारी चलाउन प्रहरी उपरिक्षक आफै स्कटिङ्गमा हिडेका छन् ।
प्रहरी आपटारी, पुल्चोक, केन्द्रिय बस पार्क, गोन्द्रङ्ग लगायतका ठाउ सावारी जम्मा गरेर प्रहरी परिचालन गरि राजमार्ग स्कटिङ्ग गरेर यातायात सुचारु गरेको उनले बताए ।
प्रहरी जिल्लाको मुख्य राजमार्गमा बिशेष निगरानी राखी याताायात सुचारु गरेको छ ।
वन्द गर्न कोही कार्यकर्ता नआएपनि चितवनको मुख्य बजार नारायणगढ क्षेत्र सुनसान छन् । शैक्षिक सस्था र कलकारखाना पनि पुरै ढप्प भएका छन् । यस्तै राजमार्गमा सवारी सुचारु गर्न कुनै समस्या नभएकाले ढुक्क भएर सवारी साधन सञ्चालन सकिने उनले बताए ।
भक्तजनलाई समस्या
यसैविच साउनको दोश्रो सोमबार आज बन्दका कारण सावारी साधन चल्ननसकेपछि शिव मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीलाई बढी समस्या भएको छ । सोमबार देवघाटधाम जाने दर्शनार्थीहरुलाई बन्दले असर गरेको देखिन्छ । जसका उनीहरु हिडेर दर्शन गर्न जान बाध्य भएका छन् ।