युनिक क्लव र एभरेष्ट क्लव विजयी

चितवन, ०९ साउन । एभरेष्ट क्लव चितवनको आयोजनामा भरतपुरमा जारी चितवन च्याम्पियनशीप फुटवल
प्रतियोगिताको आइतबार भएको खेलमा युनिक क्लव भरतपुर र आयोजक एभरेष्ट क्लव विजयी भएका छन् । विजयसँगै यी टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा लिलाचोक युवा क्लवलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै युनिक फुटवल क्लव विजयी भएको हो ।
त्यस्तै दोस्रो खेलमा आयोजक टिम विजयी भएको छ । उसले प्रतिस्पर्धी मेघौली फुटवल क्लवलाई १ का विरुद्ध ७ गोलले पराजित गरेको हो ।
सोमबार हुने पहिलो क्वाटरफाइनल खेलमा माडी फुटवल क्लव र आर्मी टिम भिड्ने भएका छन् ।
यस प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँ मेडल, प्रमाणपत्र पाउनेछन् । त्यस्तै दोस्रो हुनेले नगद ५५ हजार ५ सय ५५ र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।

खेलमा विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित पुरस्कृत गरिने अध्यक्ष देवकोटाले बताए । प्रतियोगिताको मुख्य प्रायोजकमा नारायणी मोटर्स नारायणगढ र सह प्रायोजकमाप्रभु हाउजिङ एण्ड प्रोपटी डिलर्स प्रालि भरतपुर रहेका छन् ।