नेपालमा नै पहिलो पटक चितवनमा “संरक्षणका लागि एक मिनेट” अभियान सुरु (तस्वीरसहित)

राजेन्द्र आचार्य / शरद आचार्य
चितवन, ०९ साउन । वन वन्यजन्तु र जौविक विविधता संरक्षणका लागि नेपालमा नै पहिलो पटक टिकौली जंगलमा “संरक्षणका लागि एक मिनेट” अभियान सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली वरण्डाभार जौविक मार्ग संरक्षणका लागि भन्दै संरक्षण र सरसफाईका लागि संरक्षणका लागि एक मिनेट” अभियान सुरु गरिएको हो । जिल्ला वन क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षण र फोहोर व्यवस्थापनका लागि संरक्षणका लागि एक मिनेट अभियान सुरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंलले जानकारी दिए ।20160724_170643

यसैविच अभियानको एक समारोहका विच निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंल, श्रीजंग गण कसराका गणपति माधव थापा र जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले संयुक्त रुपमा टिकौली जंगल क्षेत्रको भरतपुरको गोन्द्राङ्मा सवारीसाधन रोकी संरक्षण सम्वन्धी जानकारी दिदै अभियानको संयुक्त रुपमा सुरु गरेका थिए ।20160724_171928

सो अवसरमा बाल्दै निकुञ्जका प्रमुख कडेंलले टिकौली जंगल क्षेत्रमा सवारी साधन पार्किङ् नगर्न, सवारीको गति सिमित गर्न, फोहोर नफाल्न र जंगलि जनावरको आवागमनलाई वाधा पुग्ने गरि कुनै काम नगर्न सवारी चालकहरुलाई आग्रह गरेको बताए ।

20160724_172145 ‘वरण्डाभार जौविक मार्ग पूर्व पश्चिम राजमार्गमा पर्ने भएकाले यहाँ धेरै फोहर फालिएको पाइयो उनले भने, ‘अत्याधिक सवारी चापका कारण धेरै वन्यजन्तु घाइतेसमेत हुने घटना बढेपछि हामीले सबैसँग सहकार्य गरेर यो अभियान सुरु गरेको हौं ।’ अभियान अन्तर्गत टिकौली जंगल भएर जाने सवारीसाधन, चालक र यात्रुहरुलाई एक मिनेट रोकेर जथाभावीमा रुपमा राजमार्गमा फोहर नगर्न आग्रह गरिएको र जैविक विविधता संरक्षणका लागि अग्रसर गराउने जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले बताए ।20160724_172439 ४ किलोमिटर लामो दुरी पर्ने टिकौली जंगलले चुरे र महाभारत पर्वतलाई जोड्छ । यस्तै सोही कार्यक्रममा सहभागी हुदै श्रीजंग गण कसराका गणपति माधव थापाले जैविक विविधता संरक्षणको दृष्टिकोणबाट विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जको वरणभार अन्तर्गत टिकौली जंगलमा जथाभावी रुपमा फोहरमैला फाल्ने क्रम बढेर वन्यजुन्तुमा प्रतिकुल असर देखिएपछि संरक्षण र सरसफाईमा सबैलाई जनचेतना फैलाउन संरक्षणका लागि एक मिनेट अभियान उपयोगी हुने बताए ।20160724_171919

साथै यो अभियानलाई अटेर गर्ने जोकोहीलाई मुद्दा दायरा गरि कार्वाही गर्ने निकुञ्जले जनाएको छ । पूर्व पश्चिम राजमार्गको भरतपुरको गोन्द्राङ् देखि रत्ननगरको टिकौली सम्मको वन क्षेत्रमा १० वटा अत्याधुनिक सिसि क्यामेरा जडान गरि निगरानी थालिएको छ । बन क्षेत्रमा सवारी साधन रोकेर सौच गर्ने, फोहोर फाल्ने, अपराधिक गतिविधि गर्ने जस्ता कार्य वढेपछि त्यसको निगरानिका लागि सिसि क्यामेरा जडान गरेको भन्दै हरेक गतिविधिको निगरानि भईरहेको र त्यस्तो पाईएमा सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिने कडेंलले बताए । एक साता सम्म नियमित रुपमा सवारी रोकेर चालक र यात्रुलाई यस सम्वन्धमा जानकारी गराईने भएको छ । सोहि क्रममा वन क्षेत्रमा ६ वटा संरक्षण सम्वन्धि साईनवोड राखिदै गएको छ । नेपालको पूर्व र पश्चिम जाने सवारी साधन सोहि राजमार्ग हुदै आवतजावत गर्ने गर्दछन् । यसअघि सो क्षेत्रमा निगरानी नहुदां वन्यजन्तुहरु घाईते हुदै आएका थिए ।