हरि स्मृति क्लव दिव्यनगर र एकता फुटवल क्लव क्वाटर फाइनलमा प्रवेश

 

चितवन, ०८ साउन । एभरेष्ट क्लव चितवनको आयोजनामा भरतपुरमा जारी चितवन च्याम्पियनशीप फुटवल
प्रतियोगिताको शनिबार भएका दुइ खेलमा विजयी हुँदै हरि स्मृति क्लव दिव्यनगर र एकता फुटवल क्लव क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा त्रिवेणी युवा क्लवलाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै हरि स्मृति क्लव दिव्यनगर विजयी भएको हो । म्यान अफ दि म्याच हरि स्मृतिका खेलाडी सुनिल तामाङ घोषित भए ।

त्यस्तै दोस्रो खेलमा एकता समाज विजयी भएको छ । उसले पेनाल्टी शुट आउटमा हर्दि युवा क्लवलाई २ का विरुद्ध ४ गोलले पराजित गरेको हो । निर्धारित समयमा १–१ गोल भएपछि पेनाल्टी शुट आउटमा खेल गएको थियो ।

यस प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँ मेडल, प्रमाणपत्र पाउनेछन् । त्यस्तै दोस्रो हुनेले नगद ५५ हजार ५ सय ५५ र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।

खेलमा विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित पुरस्कृत गरिने अध्यक्ष देवकोटाले बताए । प्रतियोगिताको मुख्य प्रायोजकमा नारायणी मोटर्स नारायणगढ र सह प्रायोजकमाप्रभु हाउजिङ एण्ड प्रोपटी डिलर्स प्रालि भरतपुर रहेका छन् ।

.