१३ घण्टा अवरुद्ध नारायणघाट मुग्लिङ्ग सडक सडक खुल्यो

राजेन्द्र आचार्य
चितवन, ८ साउन । कालीखोलामा खसेको ठुलो पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड अहिले सडक दुवैतर्फी रुपमा सञ्चालनमा ल्याईएको छ । १३ घण्टादेखि अवरुद्ध सडकको पहिरो ३ वटा हेभी ईक्विपमेन्टले १२ घण्टा लगाएर सफा गरेपछि सञ्चालनमा आएको हो । muglin
आज बिहान करिब ६ बजे झन्डै ४०/५० मिटर लामो पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको थियो । मुग्लिन नारायणगढ सडक विस्तार सँगै यस सडक खण्डमा दिनहु जस्तो सानो ठुलो पहिरो जादा यात्रुहरु समस्यामा पर्दै आएका छन् ।