प्रहरीले गर्यो सरसफाई

चितवन, साउन ८ । रत्ननगरको मुख्य वजार क्षेत्रमा शनिवार सरसफाई गरिएको छ । इलाका प्रहरी कार्यालय टाँडीको नेतृत्वमा विभिन्न संघसंस्थाहरुका प्रतिनिधीको सहभागीतामा रत्ननगरको टाँडी चोक देखी वकुल्लहर सम्म सरसफाई गरिएको हो । इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक डिएसपी जयराज सापकोटाको नेतृत्वमा सरसफाई गरिएको थियो ।

प्रहरीले संचालन गरेको प्रहरी मेरो साथी अभियानको साप्ताहिक कार्यक्रम अन्र्तगत सरसफाई गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए । सो अवसरमा सम्वन्धीत घर धनी तथा व्यपारीहरुलाई आफैले उत्पादन गरेका फोहोर व्यवस्थापन गर्न अनुरोध समेत गरिएको नेपालले वताए ।

उनका अनुसार प्रत्येक हप्ता जनतासंग सरोकार राख्ने खालका कार्यक्रम संचालन हुनेछ । नेपाल प्रहरी,रत्ननगर जेसिज र नवदुर्गा आमा समुहका गरी करिव एक सय जनाको सहभागीतामा सरसफाई गरिएको थियो ।