भाले गैडाले हान्दा पोथी गैडा ठहरै

चितवन, ०८ साउन । चितवनमा एकआपसमा दुई गैडा जुदा पोथी गैडा मरेको छ ।
पश्चिम चितवनको सेती देवि सामुदायिक वनमा भाले र पोथी गैडा जुदा अन्दाजी ४,/५ बर्षको पोथी गैडा मरेको चितवन राष्टिय निकुञ्जका सूचना अधिकारी एवं साहयक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । २ दिनअघि भालेसंग जुदा ढाड भाचिएर घाइते भएको गैडा उपचारको क्रममा रहेको पोथी गैडा विहान मरेको उनले बताए । rhnio death
लगातार रुपमा ८ सय १५ दिन बढी शुन्य चोरी शिकार बर्ष निकुञ्जमा चालु आर्थिक बर्ष ८ दिनमा पहिलो पटक गैडा मरेको हो । यसअघि गत साल मात्रै यसरी गैडा जुदेर मरेको थियो ।
सेतीदेवी सामुदायिक बनमा मरेको गैडाको खाग भने सुरक्षित रहेको छ । गैडाको पोष्टमार्टम गरि आजै गाडिएको निकुञ्जले जनाएको छ । निकुञ्जले शुन्य चोरी शिकार बर्ष मनाईरहदां पछिल्लो गैडा एकआपस जुदेर र विभिन्न रोगका कारण मर्न थालेपछि संरक्षणमा थप चुनौती थपिएको छ । हालसम्म कालकति र गैडा जुदां ११ वटा गैडा मरिसकेको निकुञ्जले जनाएको छ ।