बाटोमा फोहोर हालिएको भन्दै स्थानियको विरोध

 

चितवन, ०८ साउन । बाटोमा परेको खाल्डाखुल्डी मिलाउने नाममा फोहार ल्याएर सडकमा हालिएकोे भन्दै भरतपुर उपमहानगरपालिका १० स्याउलीबजार बालमन्दिरटोलका स्थानियले उपमहानगरपालिका समक्ष कारबाहीको माग गरेका छन् । dirtyबाटोमा पानी जमेको स्थानमा ४ टिप उपमहानगरपालिकाले उठाएको फोहोर ल्याएर हालिदा दुर्गन्धले हिंडडुल गर्न समस्या परेको भन्दै स्थानियले त्यस विरुद्ध कार्यालयमा निवेदन पेश गरेका छन् । टोल सुधार समितीका पदाधिकारीलाई कसले फेहोर हालेको भनी सोध्दा थाहा नभएको भन्ने जवाफ पाएकोले सत्य तथ्य पत्ता लगाई गैरजिम्मेवार काम गर्ने विरुद्ध कारबाही गर्न स्थानियले माग गरेका छन् । नगरपालिकाले उठाएको फोहोर बाटोमा ल्याएर हालिदा दुर्गन्धका साथै पानी परेको समयमा हिलो भएर हिडडुल गर्न समेत समस्या भएको छ ।