नारायणी नदीमा पानीको बहाव घट्दै

चितवन, साउन ८ । नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ । लगातारको बर्षासंगै नारायणी नदीमा हिजो पानिको वहाव खतराको चिन्ह भन्दा माथि पुगेको थियो । narayaniआज भने पानिको बहाव खताराको संकेत भन्दा कम रहेको जिल्ला प्रकोप सम्पर्क व्यक्ति बलराम लुईटेलले जानाकारी दिनुभयो । नारायणी नदीमा आज गरिएको मापन अनुसार पानीको सतह ६ दशमलब ७४ मिटर छ । नारायणी नदीमा पानीको सतह ७ दशमबल ३ मिट पुगे पछि चेतावनीको लेवल मानिन्छ । हिजो बेलुका सात दशमलव ५४ मिटर माथि पुगेको थियो । जुन लेवल चेतावनीका भन्दा माथि हो । चेतावनीको संकेत नाघेसंगै मंगलपुर र नारायणी किनार आसपासका क्षेत्रका मानिसहरुलाई सर्तक रहन आग्रह गरिएको लुईटेलले जानकारी दिनुभयो । अहिले पनि विभिन्न निकायमार्फत नारायणी नदि किनार आसपासका मानिसहरुलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो । नदीमा पानीको सतह ८ दशमबल ४ मिटर पुगेको खण्डमा पुरै खतरा मानिन्छ ।
लगातार परेको पानीसंगै नारायणी नदीमा भीषण बाढी आएको छ । नारायणी नदीमा गएराति गरिएको मापन अनुसार पानीको सतह ७ दशमलब ५६ मिटर पुगेको थियो । अहिले विहान पानीको सतह केही घटेको छ ।