मुग्लिन र सिस्नेरीमा पहिरोले सडक अवरुद्ध

चितवन, ८ साउन। चितवनको चण्डिभञ्याङ र मकवानपुरको सिस्नेरीमा पहिरो गएपछि हेटौंडा–काठमाडौं सडक खण्ड अवरुद्ध भएका छन् । चितवनको चण्डीभञ्याङ् गाविस ९ चारकिलोमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक विहान साढे ६ बजेदेखि अवरुद्ध भएको हो ।
ठूलो पहिरो झरेकाले बाटो खुल्न तीन/चार घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बाटो अवरुद्ध भएपछि यात्रुहरु समस्यामा परेका छन् ।

यस्तै मकवानपुरको सिस्नेरी गाविस ३ अमलडाँडामा पहिरो गएपछि सिस्नेरी हुँदै हेटौंडा आवताजावत गर्ने सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउन सुरु गरिएको र दुई घण्टामा खुल्ने प्रहरी चौकी सिस्नेरीका प्रहरी नायव निरीक्षक देवेन्द्र रानाले जानकारी दिए ।