डा.केसीको समर्थनमा लगातार रुपमा चौविसकोठीमा प्रदर्शन

चितवन, ०७ साउन । आई एम विथ डाक्टर केसी लेखी सामाजिक सञ्चालनहरुमा पनि डा. गोविन्द केसीको समर्थनमा चितवनमा लगातार रुपमा आवाज उठाउने क्रम जारी छ । 13754636_1257835340941746_4258240140815104324_nसोही अनुसार चितवनमा पनि शुक्रवार डा. केसीको समर्थनमा भरतपुरको चौविसकोठीमा प्रदर्शन गरिएको छ । विभिन्न पेशागत संगठनका प्रतिनिधीहरु, उद्योगी, व्यवसायी, विद्यार्थी, साहित्यकार, चिकित्सकहरु, लगायतको सहभागिता रहेको थियो । उनिहरुले सरकारले डा. केसीको मागहरु छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।