विस्थापित शिक्षकहरुले शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाए

चितवन, ०६ । शिक्षा सेवा आयोगले स्थायी शिक्षक नियुक्त गर्दा विस्थापित भएका चितवनका शिक्षकहरुले जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । लगातार पाँच वर्षभन्दा बढी समय अध्यापनमा संलग्न शिक्षकहरु समेत स्थायी नियुक्ति प्रकृयाका कारण विस्थापित भएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यलाई ज्ञापनपत्र बुझाउँदै विस्थापित शिक्षकका तर्फबाट सुरज अधिकारीले आफूहरुलाई पुनस्र्थापना गर्नुपर्ने बताए । गत वर्ष शिक्षा सेवा आयोगको नतिजाबाट स्थायी शिक्षक नियुक्ति गर्ने क्रममा चितवनबाट करिब ७० जना शिक्षकहरु विस्थापित हुनुपरेको अधिकारीले बताए ।
विस्थापित शिक्षकहरु गोल्डेन ह्यान्डसेक ९उपदान० तथा आन्तरिक प्रतिस्पर्धाबाट समेत बन्चि गराइएको अधिकारीको भनाइ थियो । शिक्षा सेवा आयोगबाट यस वर्ष हुन लागेको विज्ञापनमा आन्तरिक प्रतिष्पर्धामा विस्थापित शिक्षकहरुले भाग लिन पाउने गरि नियमावली बनाउनकोलागि ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गरिएको छ ।
जिल्ला शिक्षा अधिकारी मार्फत क्षेत्रीय शिक्षा निर्देशनालय, शिक्षा सेवा आयोगलाई समेत ज्ञापनपत्र पठाइएको छ ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष ध्रुव पोखरेलले ५२ सालदेखि नै शिक्षकहरु विस्थापित हुने क्रम चलेको बताए । ज्ञापनपत्र बुझ्दै जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जिल्लाको दरबन्दी मिलान गर्दा परेको समस्याको सम्बन्धमा आफुले माथिल्लो निकायमा कुरा राख्ने बताएका छन् ।