यसरी भो अबैध बालगृहबाट सात बालिकाको उद्धार (भिडियो)

चितवन ६ साउन । चितवनको भरतपुरमा विना दर्ता सञ्चालन भएको अबैध बालगृहबाट सात बालिकाको उद्धार भएको छ ।

स्थानिय प्रशासनको निर्देशन समेत नमानी कानुन विपरित सञ्चालन गरिएको पिस नेपाल नामको बालगृहमा रहेका सात बालिकालाई उद्धार गरी अहिले आदर्श गृह चितवनमा राखिएको छ ।

चितवन प्रशासन कार्यालय, प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयको एक टोलीले उनीहरुलाई उद्धार गरेर अहिले आदर्श गृहमा राखिएको महिला तथा बालबालिका कार्यालय चितवनका वाल संरक्षण अधिकृत महेशराज पौडेलले जानकारी दिनुभयो ।
babala lika
स्थानिय सुनिता लोहनीको घरमा भाडा लिएर यसरी अबैध बालगृह सञ्चालन भएको पाईएको हो ।
उद्धार गरिएका बालिकामा चितवनको सिद्धीका १० बर्षिया सरिता चेपाङ र ११ बर्षकी सोनी चेपाङ, हुम्लाका ११ बर्षकी रुपा रावत, पारशी बुमी रणशोभा रावत, नवलपरासीकी ९ बर्षकी अस्मिता सुनार र ९ बर्ष कै प्रसस्ती सुनार रहेका छन् ।

ती बालिकाहरु चितवन मावीमा कक्षा १ देखि ३ कक्षासम्म पढ्दै आएका छन् । उनीहरुलाई आदर्श गृहबाटै पठनपाठनको व्यवस्था गरिने गृहकी मिना खरेलले बताउनुभयो ।

यसअघि मंगलबार बालगृहका सञ्चालक प्रतिक सुनारलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही थालेको छ । साईनबोर्ड समेत नराखी बालगृह सञ्चालन भएको थियो ।

नियमानुसार दर्ता गरी बोर्ड समेत राख्नुपर्ने र बाहिरी जिल्लाका बालबालिका ल्याउँदा अनुमती लिनुपर्ने हुन्छ ।

‘कुनै प्रक्रिया पुरा गरेको देखिएन, चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले भन्नुभयो, त्यसैले उद्धार गर्नुपर्यो ।’ ती बालबालिका २ जना मात्रै चितवनका छन् भने अन्य विभिन्न बाहिरी जिल्लाबा छन् ।

स्थानिय प्रत्यक्षदर्शीहरुका अनुसार जिल्ला सदरमुकाम भरतपुर उपमहानगरपालिका वडा नं. १० ढुंगानाचोकमा रहेको उक्त बालगृहमा बालिकालाई विहान जरबजस्ती क्रिश्यन धर्म सिकाउने गरिएको थियो ।

यो बालगृह विगत दुई बर्षदेखि लुकिछीपि रुपमा सञ्चालन गरिएको पाईएको छ । जिल्लामा सञ्चालित बालगृहमा पटकपटक गरिएको अनुगमनका क्रममा सुधार गर्न दिईएको निर्देशन अटेर भैरहेको छ ।
जिल्लाका बालगृहमा पटकपटक अनुगमन गर्दा क्रिश्चियन धर्मको प्रचार, क्षमता भन्दाबढी बालबालिका राख्ने र बालबालिकालाई पोषणको अभाव भएको पाईएको छ । जिल्लामा ३२ बालगृह सञ्चालनमा छन् । रासस

Leave a Reply

Your email address will not be published.