आचार्यको १३ औं दिनको पुण्यतिथिमा शोकसभा

चितवन, साउन ६। नेपाली काग्रेसका क्रियाशिल सदस्य उदयचन्द्र आचार्यको आज परेको १३ औं दिनको पुण्य तिथिमा नेपाली काग्रेस वडानम्बर २१ ले शोकसभा सम्पन्न गरेको छ । वडा सभापति सुर्य अधिकारीको अध्यक्षतामा गीतानगरमा भएको सो कार्यक्रमको प्रमुख अतिथि पार्टीका जिल्ला सचिव उत्तम जोशी रहनुभएको थियो ।nc-flag

शोकसभामा राजीव न्यौपाने, पार्टीका पुर्व सचिवउमेशचन्द्र पौडेल मृतकका भाई डाक्टर विजय आचार्यले मृतक उदयचन्द्रको जीवनीबारे प्रकाश पार्नुभएको थियो । यसैबीच, ३४ औं विपी स्मृति दिवसको अवसरमा नेपाली काग्रेस भरतपुर वडा नम्बर १० को आयोजनामा नेपाल महिला संघ भरतपुर १० को वडा समितीको पद हस्तान्तरण गरिएको छ ।

वडा सभापति ध्रुव गौतमको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि पार्टीका जिल्ला सचिव उत्तम जोशी रहनुभएको थियो ।कार्यक्रममा काग्रेसले अहिले पनि विपीको अनुसरण गर्न नसकेको भन्दै विपीको बाटोमा सबै काग्रेसी नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिइएको थियो ।

Leave a Reply

Your email address will not be published.