बीपी स्मृतिको अवसरमा महिला संघद्धारा फलफुल वितरण, भोली विभिन्न ठाउंमा बृक्षारोपण

सरिता पौडेल
चितवन, साउन ५ । ३४ औं विपि स्मृति दिवसको अवसरमा नेपाल महिला संघ चितवनले फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका २सय जनालाई फलफुल वितरण गरिएको हो । कार्यक्रममा नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, सचिव उत्तम जोशी, संघका जिल्ला अध्यक्ष पार्वती शाह लगायतले बोल्नुभएको थियो । विपी स्मृतिको अवसरमा काग्रेसले बर्षेनी यस्ता कार्यक्रम गर्दै आएको छ ।ggg
यसैबीच,
३४ औं विपिस्मृति दिवसको अवसरमा नेपाली काग्रेस चितवनले भोली विभिन्न ठाउंमा बृक्षारोपण गर्ने भएको छ । जिल्ला कार्यसमितीले बीपी नगरबनमा, रत्ननगर नगर समितीले रत्ननगर अस्पतालमा, क्षेत्र नम्बर १ ले पिप्लेमा बृक्षारोपण गर्ने कार्यक्रम तय भएको नेपाली काग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनुभयो । दिवसकै अवसरमा नेपाली काग्रेस क्षेत्रनम्बर २ ले हरिहर मन्दिर टाडीमा दिप प्रज्वलन, क्षेत्रनम्बर ३ र नगरसमितीले चौविसकोठीमा, क्षेत्रनम्बर ४ ले मंगलपुरमा र क्षेत्रनम्बर ५ ले अमर चोक र माडीमा कार्यक्रम आयोजना गरिएको सचिव जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.