मानव धर्मको शिक्षा अभियानको शुभारम्भ

चितवन, ०५ साउन । गुरु पूर्णिमाको विशेष अवसर पारेर मानव धर्म सेवा समिति हंशकीर्ति आश्रम नारायणगढले शिक्षा अभियानको शुभारम्भ गरेको छ । प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागिता जनाएका चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले शिक्षा अभियानको शुभारम्भ गरेका हुन् । शिक्षा क्षेत्रबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भनि अभियान सञ्चालन गरिनु सुखद् भएको आचार्यले बताए । manab ko
वर्तमान २१औँ शताब्दीमा शिक्षाको उज्यालो ज्योतिबाट कसैलाई पनि बञ्चित गर्न नहुने आचार्यको भनाइ थियो । आश्रमले शिक्षा अभियान सञ्चालन गर्नुका साथै मंगलबार नौ जना छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गरेको छ ।
बालकुमारी उच्च माध्यमिक विद्यालयमा पढ्दै गरेका पाँच जना विद्यार्थी र राष्ट्रिय प्राथमिक विद्यालय नारायणी नदी किनारमा अध्ययनरत चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । बालकुमारी उच्च मावि नारायणगढमा कक्षा ६ मा अध्ययनरत चार जना तथा कक्षा ५ मा अध्ययनरत एक जना विद्यार्थीलाई जनही दुई हजार पाँच सय रुपैयाँ छात्रवृत्तिको रुपमा प्रदान गरिएको छ ।manab 2
नेपाल मानव धर्म सेवा समितिका नारायणी अञ्चल संयोजक थिरप्रसाद धितालले बालकुमारी स्कुलका विद्यार्थीहरुको वर्षभरीको शैक्षिक शुल्क विद्यालयमा नै गएर तिरिने बताए । त्यसैगरी, राष्ट्रिय प्राथमिक विद्यालय नारायणी नदी किनारका कक्षा १ मा पढ्ने चार जना विद्यार्थीलाई विद्यालय पोशाक, कापी, कलम लगायतको शैक्षिक सामग्री प्रदान गरिएको छ ।maba 3
विभिन्न विद्यालय तथा क्याम्पसहरुबाट पुराना कपी, किताब तथा कलम संकलन गरेर शिक्षाको क्षेत्रबाट टाढा भएका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले रेशम न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय शिक्षा अभियान समिति गठन गरिएको धितालले जानकारी दिए । कार्यक्रम नेपाल मानव धर्म सेवा समिति हंशकीर्ति आश्रम बेलटाँडीकी आश्रम प्रभारी महात्मा पुनित बाइजुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गुरुको महिमा वाचन गर्नुका साथै सत्संग सम्बन्धी विभिन्न भजन समेत प्रस्तुत गरिएको थियो ।

Promise Education Consultancy