सपना भिलेजद्धारा चेपाङ्ग केन्द्रलाई बोरिङ्ग

चितवन, ५ साउन । पूर्वी चितवनको रत्ननगर–१०, मंगलपुरमा रहेको गामवेशीको चेपाङ्ग संरक्षण केन्द्रलाई तरकारीमा आत्मनिर्भर बनाउनको लागि सौराहामा रहेको सपना भिलेज सोसियल ईम्प्याक्टले सिंचाईको निम्ति पम्पिङ्ग सेट बोरिङ्ग सहयोग गरेको छ ।chepang 22

सपना भिलेज सोसियल ईम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले आज एक कार्यक्रमका बीच केन्द्रलाई ९६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

मोटर घरदेखि वायरिङ्ग र बोरिङ्ग मोटर फिट गर्नको निम्ती रु ९६ हजार रुपैयाँ खर्च भएको थियो । बोरिङ्ग घरको उद्घाटन ईम्प्याक्टकी सदस्य वर्षा गिरीले गर्नुभएको थियो ।

सोसियल ईम्प्याक्टले केन्द्रलाई पटक–पटक विभिन्न किसिमको सहयोग गरेको छ । निकट भविष्यमा केन्द्रमा बंगुर पालन र कुखुरापालनका निम्ति सहयोग गर्ने ईम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले बताउनुभयो ।
chepanga kendra
केन्द्रले तरकारी खेतीलाई प्रश्रय दिँदै आत्मनिर्भर बनाउनको निम्ति केन्द्र नजिकै १० कठ्ठा जग्गा भाडामा लिएर अहिले धान खेती लगाएको छ भने धानपछि व्यवसायिक तरकारी खेती गरिने केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताउनुभयो ।

तरकारी खेतीको निम्ति बेर्ना उत्पादन गर्न जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा टनेल नर्सरी घर बनिसकेको छ ।

Leave a Reply

Your email address will not be published.