जबरजस्ती क्रिश्चियन धर्म प्रचार गर्ने बालगृह सञ्चालक पक्राउ

राजेन्द्र आचार्य
चितवन ५ साउन । चितवनमा विना दर्ता र जरबजस्ती क्रिश्यन धर्म प्रसार गरेको भन्दै एक बालगृहका सञ्चालकलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।Children-House-Bal-Griha

जिल्लामा सञ्चालित बालगृहमा पटकपटक गरिएको अनुगमनका क्रममा सुधार गर्न दिईएको निर्देशन अटेर गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला सदरमुकाम भरतपुरउपमहानगरपालिका वडा नं. १० ढुंगानाचोकबाट पिस नेपाल नामको बालगृह सञ्चालन गरिरहेका सञ्चालक प्रतिक सुनारलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरिक्षक बसन्त कुँवरले जानकारी दिए । हामीले पटक पटक अनुगमन गरेका थियौ, उनले भने ।
विगत दुई बर्ष देखि सञ्चालनमा रहेको यस दर्ता नभएको जरबजस्ती बाईबलको किताब बालबालिकालाई दिईएको पृष्टि भएकापछि पक्राउ गरेका हौं ।

मंगलबार दिउँसो ४ बजे सुनारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान समेत भैरहेको उनले बताए । पक्राउ परेका सुनारलाई मुलुकी ऐनको अदलको महल अन्तरगत मुद्धा चलाउने अन्तिम तयारी समेत भएको उनले बताए ।
पिस नेपाल विगत दुई बर्षदेखि यहाँ दर्ता नै नगरी सञ्चालन गर्दै आएको समेत पाईएको उनको भनाई छ ।
कक्षा १ देखि ३ कक्षा सम्म पढ्ने ८ जना बालबालिका पिसनेपालमा रहेका छन् ।

जिल्लाका बालगृहमा पटकपटक अनुगमन गर्दा क्रिश्चियन धर्मको प्रचार, क्षमता भन्दाबढी बालबालिका राख्ने र बालबालिकालाई पोषणको अभाव लगायतका समस्या अनुगमनमा पाईएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

केही बालगृहहरु मापदण्ड विपरित सञ्चालन भएको, तोकिएको भन्दा बढी बालबालिका राखिएको, अनाथ बालबालिका भनेर बुबाआमा भएका बालबालिका राखिएको, बालगृह सञ्चालन निर्देशीका बमोजिम कागजपत्रहरु नभएको लगायतका समस्याहरु देखिएको उनले बताए ।
जिल्लामा ३२ बालगृह सञ्चालनमा छन् । जस मध्ये धेरै गृहमा विभिन्न खालका समस्या छ । अन्य त्यस्ता अटेरी बालगृहका सञ्चालकलाई पक्राउ गरी कारवाही थालिने प्रजिअ सिंहले बताए ।