लर्डसमा एससीसीविरुद्ध ब्याटिङ गर्दै नेपाल (भिडियो लाइभ)

काठमाडौं, ४ साउन । नेपाल र मेरिलोबोन क्रिकेट क्लब एमसीसीबीचको खेल सुरु भएको छ ।

क्रिकेटको घर मानिने लर्डसमा भइरहेको खेलमा नेपाल पनि सेतो जर्सीमा मैदान भएको छ । नेपालले पहिले ब्याटिङ थालेको छ ।

बेलायत र नेपालको कूटनीतिक सम्वन्ध स्थापना भएको २०० वर्ष पुगेको अबसरमा नेपालले क्रिकेटको घरमा खेल्ने अवसर पाएको हो । लर्डसलाई कतिपयले क्रिकेटको मक्का समेत भन्ने गर्छन्, जहाँ खेल्न पाउनु नेपालका लागि सौभाग्य हो ।

Leave a Reply

Your email address will not be published.