आय आर्जनका लागी वंगुर वितरण

चितवन, ०४ साउन । पुर्वी चितवनको रत्ननगर १० मंगलपुरका दलित तथा आदिवासीहरुलाई वंगुरको पाठा वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालय चितवनले केन्द्रिय कार्यक्रम अनुसार मंगलवार एक कार्यक्रम गरी २० वटा वंगुरको पाठा वितरण गरेको हो ।

उत्पीडित कृषक सहकारी सस्थाका सदस्यहरुको आयआर्जनका लागी एक लाखको २० वटा वंगुर वितरण गरिएको पशु सेवा केन्द्र रत्ननगरका पशु स्वास्थ्य प्राविधिक इश्वरीदत्त मिश्रले जानकारी दिए । जिल्ला पशु सेवा कार्यालय चितवनका वरिष्ठ पशु चिकित्सक डाक्टर रामकुमार कार्की ति समुदायलाई साँढे २ महिनाको वंगुरको पाठा वितरण गरे ।

सहकारी संस्थाका अध्यक्ष धनवहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा ,जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख कार्की, जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरे लगायतले मन्तव्य राखेका थिए । जिल्ला पशु सेवा कार्यालय चितवनले यसअघि भुकम्प पीडितहरुलाई व्याडे राँगा तथा वाख्रा वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published.