वैकल्पिक व्यवस्था गरेर बांदरझुलाको बस्ती हटाउन माग

 
चितवन, ०४ असार । चितवनको माडी स्थित बांदरझुलाका सुकुम्वासहरुले आंफुहरुको बसोवासको ग्यारेन्टी राज्यले गर्नुपर्ने माग गरेका छन् । विभिन्न स्थानमा बसोवास गरिरहेका सुकुम्वासी जनताहरुलाई उचित व्यवस्थापनको आधार हुनुपर्ने भन्दै उनिहरुले जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र पेश गरेका छन् । 13720617_1012215692160571_465684078_oवर्षौदेखी बसोवास भइरहेको स्थानमा सुकुम्वासी परिचय पत्र साथै लालपुर्जाको व्यवस्था हुनुपर्ने माग गर्दै उनिहरुले कसैलाई बस्न बास नपाउने, कसैको २० औं विगाहा जग्गा हुने प्रावधान बन्द गर्नुपर्ने माग गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी विनोद प्रकाशसिहंलाई अखिल नेपाल सुकुम्वासी संघ जिल्ला कार्य समिति चितवनको पहलमा ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले बैकल्पिक व्यवस्था विना माडीका बादरझुला बासीलाई विस्थापित गर्न नहुने भन्दै स्थानान्तरणको विशरोध गरे ।
नेपाल सुकुम्वासी संघ जिल्ला कार्य समिति चितवनका ईन्चार्ज नारायण आचार्यले प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहलाई सो ज्ञापन पत्र बुझाएका थिए । बादरझुलावासीलाई त्यस स्थानबाट विस्थापित गर्न लागेकोले यसको बैकल्पीक ब्यवस्था मिलाई दिन सुकुम्वासी संघ चितवनले प्रशासन लाई ज्ञापन पत्रमा अनुरोध गरेको छ ।13735429_1012215718827235_1612004717_n
३ दशक देखी माडी नगरपालिका–१२ बादरझुलामा वसोवास गर्दै आईरहेका सुकुम्वासीहरु लाई नेपाल सरकार र चितवन राष्ट्रिय निकुञ्जले एक्कासी ३५ दिनको म्याद दिई हट्न आग्रह गरेकोले बैकल्पिक व्यवस्था बिना त्यस स्थानबाट हटाउन नहुने भन्दै सो ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ विनोद प्रकाश सिंहले बादरझुलावासीलाई विस्थापित गराउनको लागी यो समय अनुकुल नभए पनि सुकुम्वासीहरुले जंगल अतिक्रमण गरेर बस्नु राम्रो नभएको बताए । उनले कार्यलयले यस बिषयमा सम्वेदन शील भएकार सोचेको समेत जानकारी दिए ।
बादरझुलामा वसोवास गर्दै आईरहेका ऋषि पोख्रलले अहिले वर्षायाम लागेसंगै आफुहरुलाई त्यस स्थानबाट विस्थापित गर्न नहुने बताउदैे विस्थापित गर्नै परे पनि बिकल्प खोजेर मात्र विस्थापित गर्न पर्नुपर्ने बताए ।
साथै संघका जिल्ला अध्यक्ष गोकुल सुवेदीले सरकारका सम्पुर्ण संयन्त्रशरुले उचित ब्यवस्थापनको ग्यारेन्टीको पहल गर्न आग्रह गरे ।
५ सय ५० घरधुरी तथा ४ हजार भन्दा बढि जनसंख्या रहेको सो स्थानमा दलित चेपाङ्ग, जनजाती आदि रहेको छ ।

Leave a Reply

Your email address will not be published.