सवारी दुर्घटनामा परी एक सय २६ जनाले ज्यान गुमाए

दयाराम आचार्य
नवलपरासी, ०४ असार । नवलपरासी जिल्लामा गएको आर्थिक बर्ष ०७२/०७३मा सवारी दुर्घटनामा परी एक सय २६ जनाले ज्यान गुमाएका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपराससीका अनुसार २०७२ साउन १ गते देखि २०७३ असार ३१ सम्म भएका १ सय ९८ वटा सवारी दुर्घटनामा परी सो सख्यामा यात्रुले ज्यान गुमाएका हुन ।
गएको आर्थिक बर्षको बाह्रम महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परी ९७ जना पुरुष ,१५ जना महिला र १४ जना बालवालिकाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका ट्राफिक हवल्दार पदम बडुले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा परी एक बर्षको अवधिमा २ सय १४ जना गम्भिर घाईते भएका छन । अघिल्लो आर्थिक बर्षमा सबै भन्दा बढि साउन महिनामा भएका २३ वटा सवारी दुर्घटनामा परी २१ जनाले ज्यान गुमाएका थिए भने ३० जना गम्भिर घाईते भएका थिए ।
जिल्लामा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरेको भए पनि धेरै जसो चालकको लापर्वाहिले सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका प्रमुख लोक बहादुर बुढाथोकीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.