नेवा पुच नारायणगढको अध्यक्षमा शाक्य

चितवन, साउन ३ । नेवा पुच नारायणगढको अध्यक्षमा ज्ञानेन्द्र मान शाक्य चयन हुनुभएको छ । नेवा पुचको आज सम्पन्न अधिवेशनले शाक्यलाई अगामि दुई वर्षको लागि निर्विरोध चयन गरेको हो । यसैगरी ११ सदस्यीय कार्यसमितिमा जगदीश भक्त जोशि, देवेन्द्र श्रेष्ठ, प्रविना श्रेष्ठ, शुक्रकुमार श्रेठ, सुर्यप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।13613563_499994643537022_494465750816093776_o
यसैगरी राममाया पिया, भगवान कुमार जोशि, दिपक श्रेष्ठ, सुष्मा पिया, शेखर श्रेष्ठ सदस्यमा चयन हुनुभएको छ । त्यसअघि उद्घाटन सत्र समाजसेवि मैयादेवि श्रेष्ठको प्रमुश आतिथ्यता एवम बद्रिलाल श्रेष्ठ अध्यक्षतामा सम्पन्न भएको थियो ।e0323e05402efee570939ca9d5bf457e
कार्यक्रममा साहित्यकार प्रेम विनोद नन्दन, सस्थाका पुर्व अध्यक्ष चिजकुमार श्रेष्ठ,लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै कार्यक्रममा सस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरीएको थियो ।ganaya man team ko