चितवनमा १४ बर्ष अघि फरार अभियुक्त पक्राउ

राजेन्द्र आचार्य
चितवन, ०३ साउन । चितवन प्रंहरीले १४ बर्ष अघि फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ । फरार अपराधी पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष अभियान अन्तर्गत फरार रहेका अपराधीहरुको खोजतलास गर्ने क्रममा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीसाविक कुमरोज गा.बि.स.वडा नं.९ बस्ने बिनोद प्रसाद भट्टलाई पूर्वी चितवनको वीरेन्द्रनगरबाट पक्राउ गरेको प्रहरी उपरिक्षक वसन्त कुवंरले जानकारी दिए । devprasad
पुनरावेदन अदालत हेटौंडाको मिति २०५९ साल चैत १८ गतेको फैसलाले १९ बर्ष ६ महिना १९ दिन कैद सजाँय तोकेको कर्तव्य ज्यान मुद्दाका भट्ट त्यस वेला फरार भएका थिए ।
आफ्नो स्थाई ठेगाना कुमरोज छाडी जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.९ बिरेन्द्रनगर स्थितमा लुकिछिपि बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी साहायक निरिक्षक कमल परियारको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको चितवन प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै पक्राउ परेका भट्ट सोमबार चितवन जिल्ला अदालतका बुझाईएको प्रहरी उपरिक्षक कुवंरले बताए ।

Leave a Reply

Your email address will not be published.