ड्याट्सन व्राण्डका कार एस.एच मोर्टस् मार्फत चितवनमा (भिडियोसहित)

राजेन्द्र आचार्य
चितवन, ०३ साउन । चितवनका कार पारखी ग्राहकवर्गहरुको चाहानालाई मध्येनजर गर्दै सुविधा सम्पन्न शोरुम सहित ड्याट्सन व्राण्डका कार बिक्रिका लागि राखिएको छ ।
अटो क्षेत्रमा विगत ५ बर्षदेखि सक्रिय रहदै आएको सेढाई होल्डिङ्ग ग्रुप अन्र्तगतको एस।एच मोटसर््ले सुविधा सम्पन्न शोरुमसहित भरतपुर एयरपोर्ट अगाडी ड्याट्सन व्राण्डका कार बिक्रिका लागि राखेको हो । साथै सोही अवसरमा दुई दिने ड्याट्सन मनसुन एक्सेन्ज मेला आयोजना गरेको छ ।
चितवनका ग्राहकवर्गहरुको चाहाना र मागलाई मध्येनजर गर्दै ड्याट्सन मनसुन एक्सेन्ज मेला आयोजना गरेको एस।एच मोटर्स्का निर्देश सेढाईले जानकारी दिए । जुनसुकै मोडलका कारहरुको उचित मुल्यमा एकसेन्ज गरेर नयां गाडी ग्राहकले लैजान सक्ने उनले बताए ।
सोही अवसरमा कार किन्ने ग्राहकहरुको सुविधाका लागि अन स्पट फाईनान्स, अन स्पट म्यालुएशन र आर्कषक उपहार समेत उपलबध गराईएको एस।एच मोटर्स्का मयानेजर उपेन्द्र भुषाले बताए ।
मेलाको पहिलो दिन ३० जनाले टेष्ट ड्राईभ र २ जनाले कार बुक गरेको समेत उनले बताए ।
सन् १९११ देखि विश्व मोटर बजारमा पकड जमाउँदै आएको निशान मोटर इन्डिया प्रालिले उत्पादन गरेको ड्याट्सन कारलाई ड्रिम प्रोजेक्टको रुपमा एस।एच मोर्टस्ले चितवनमा सुविधा सम्पन्न शो रुमसहित बिक्रि सुरु गरेको एस।एच मोटर्स्का निर्देश सेढाईले जानकारी दिए ।
हामीले महगो कारहरु त बेच्दै आएका थियौं–उनले भने । अब मोटरसाईकल छोडर कार चढ्न चाहाने ग्राहकहरुको सहजताका लागि जापानिज कोल्याव्रेसन र भारतमा निर्मित ड्याट्सन व्राण्डका कार बिक्रि सुरु गरेका हौं ।
१२ सय सिसी क्षमताका कारहरु नन एसी, एसी जडित र सेमी अप्सनमा उपलब्ध छन् । प्रति लिटर पेट्रोलमा झण्डै २० दशमलव ६३ किलोमिटर दुरी पार गर्ने इन्धन किफायती इञ्जिन यसको मुख्य विशेषता रहेको एस।एच मोर्टस्का म्यानेजर सुनिता लामाले जानकारी दिए । ५ वटा कलरमा यो कार उपलब्ध छ ।
सानो ठाउँमा घुम्न सक्ने, ग्राउण्ड क्लियरेन्स १७० एमएम भएकाले कच्ची वाटोमा जान सक्ने, फराकिलो डिक्की, आरामदायी सिट तथा सुपथ र सर्वसुलभ मूल्यमा जेनुइन पार्टस्हरु उपलव्ध छन् । यसलाई अरु गाडीभन्दा सस्तो मूल्यमै र ठूलो परिवारलाई पनि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । सस्तो, राम्रो र सुविधायुक्त आकारमा डिजाइन गरिएकाले यसको आकर्षण ह्वा्ट्टै बढ्ने कम्पनीको दाबी छ । निसानका गाडी चढ्नेले ७ जना परिवार तथा केही सामानहरु राखेर पनि सहजै यात्रा गर्न सकिन्छ ।