खैरहनी–६ ज्यामिरेकी एक बृद्ध महिला बेपत्ता, खोजि गरिदिन परिवारजनको आग्रह

चितवन, ३ साउन ।  पुर्वि चितवनको खैरहनीबाट एक बृद्ध महिला शनिबार देखि सम्पर्क बिहिन भएकी छिन ।
खैरहनी नगरपालिका वडा नम्बर ६ ज्यामिरे निवासी ६३ बर्षिया सन्सरी माया प्रजा यहि साउन १ गते शनिबारदेखि परिवारबाट सम्पर्क बिहिन भएकी हुन ।

खैरहनी १ बाट हराएकी उनको खोजि गरिदिन परिवारजनले आग्रह गरेका छन । आफन्त, ईष्टमित्र सबैतिर खोजतलास गर्दा पनि फेला नपरेकाले अफ्ठ्यारोमा परेको छोरा तिलक बहादुर प्रजाले बताउनुभयो ।

गोरो बर्णंकी, अन्दाजी ५ फिट उचाई भएकी, निलो साडी र ब्लाउज लगाएको अवस्थामा बेपत्ता भएकी बृद्धलाई देख्ने वा भेट्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा फोन नम्बर ९८४५०७७८३९ तथा ०५६–५२४२४१ अथवा प्रहरीको हटलाईन १०० मा खबर गरिदिन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.