पुर्वि चितवनको रत्ननगर–४ स्थित बुढिकुलोमा बृक्षारोपण

चितवन, ३ साउन । पुर्वि चितवनको रत्ननगर–४ स्थित बुढिकुलोमा हिजो बृक्षारोपण गरिएको छ ।  बुढिकुलो संरक्षण समिती र आदिबासी महिला समुह रत्ननगर ४ को पहलमा बुढिकुलोमा आज बृक्षारोपण गरिएको हो ।

रत्ननगर ४ स्थित पञ्चकन्या देखि बुढिकुलोसम्म १ सय मिटर क्षेत्रमा बकाईनो, निम, ईपि–लिपि, सिसौ लगायत बिभिन्न प्रजातिका २ सय ओटा बिरुवा रोपिएको बुढिकुलो संरक्षण समिती तथा नवदुर्गा आमा समुहकी अध्यक्ष एन्जिला कुँवरले जानकारी दिनुभयो ।

बुढिकुलोको संरक्षण तथा हरियाली वातावरण निर्माणको लागी बृक्षारोपण गरिएको कुवंरले बताउनुभयो ।
बृक्षारोपण कार्यक्रममा २९ जना महिलाहरुको सहभागीता भएको आदिबासी महिला समुह रत्ननगरकी अध्यक्ष लक्ष्मि चौधरीले जानकारी दिनुभयो ।