प्रहरी मेरो साथी अभियानले प्रहरी नागरिक सम्बन्ध साथी जस्तो बनाउने

चितवन, साउन २ । प्रहरी मेरो साथीशीर्षकमा आईतबार भरतपुरमा अन्तरक्रिया गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको सो कार्यक्रममा बोल्दै चितवनका प्रहरी प्रमुख बसन्त बहादुर कुँवरले नेपाल प्रहरीले आम नागरिकसंग सहकार्य गर्न सकेमा समाजमा अमनचयन कायम राख्नका लागी प्रहरी मेरो साथी नामक अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कुँवरले प्रहरी र नागरिक बिचको सम्बन्ध साथी जस्तो बनेमा मात्र समाजमा हुने अपराध न्यूनिकरण गर्न सहज हुने विश्वास प्रहरी र सरोकारवाला निकायले लिएको बताउनुभएको छ । कार्यक्रममा प्रहरी नायव महानिरिक्षक रण बहादुर चन्दले सबै एकै हौं भन्ने भावना जागृत गराउन यो अभियानले प्रभावकारी भूमिका खेल्नेमा जोड दिनुभयो ।
यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले चितवन प्रहरीले थालेको यो अभियानले पक्कै पनि अपराध न्यूनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोहि कार्यक्रममा प्रमुख अतिथी रहनुभएका प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरिक्षक विज्ञान राज शर्माले समाजमा हुने गरेका अपराधलाई रोक्नका निम्ति प्रहरी र नागरिक साथीकै रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

सो क्रममा उहाले प्रहरीले चितवनमा थालेको अभियानको सफलताको शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्त बहादुर कुवर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवाल,सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेल, नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिना, आदर्श नारी विकास केन्द्रकी सरिता केसी, विभिन्न संघ संस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, विभिन्न ईलाका एवम् वडा प्रहरी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.