शिवनगर र भरतपुर फुटवल क्लव विजयी

 

चितवन, ०२ साउन । एभरेष्ट क्लब बसेनी भरतपुरको आयोजनामा जारी ‘नारायणी मोटर्स तेस्रो चितवन च्याम्पियनसिप कप–२०७३’ फुटबल प्रतियोगिता अन्तरगत साउन २ गते आइतबार भएको पहिलो खेलमा विजयी हुँदै शिवनगर फुटबल क्लव प्रिक्वाटरफाईनलमा प्रवेश गरेको छ ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको खेल मैदानमा भएको आजको पहिलो खेलमा शिवनगर फुटबल क्लवले टाँडी फुटबल क्लवलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । पहिलो हाफमा ३ गोलको अग्रता लिएको शिवनगरले दोस्रो हाफमा पनि ३ गोल नै थप्यो । उसका लागि वीरेन्द्र रानाभाटले सर्वा्धिक २ गोल गरे । उनी खेलकोको म्यान अफदि म्याच समेत घोषित भए । शिवनगरले अब प्रिक्वाटरफाईनलमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरसंग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिता अन्तरगत दोस्रो खेलमा अहिले भरतपुर फुटबल क्लव टाइ ब्रेकरमा पूर्वी चितवन टिमलाई १ का विरुद्ध ४ गोलले पराजित गर्न सफल भएको छ । निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुट आउटमा गएको थियो ।
आइतबारको खेलको नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले गरेका थिए ।
साउन १८ गतेसम्म हुने खेलमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख २१ हजार १२१ रुपैयाँ र ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछन् । त्यस्तै, दोस्रो हुनेले नगद ५५ हजार ५५५ र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । खेलमा विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित पुरस्कृत गरिने अध्यक्ष देवकोटाले बताए । उत्कृष्ट गोलकर्ता, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने भएको हो ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नारायणी मोटर्स नारायणगढ र सहप्रायोजकमा प्रभु हाउजिङ एण्ड प्रोपटी डिलर्स प्रालि भरतपुर रहेका छन् । दोस्रो पुरस्कारको प्रायोजन सोनालिका ट्रयाक्टरका चितवन विक्रेताले गरेको छ ।

Leave a Reply

Your email address will not be published.