नारायणगढ–मुग्लिन फेरि सडक अवरुद्ध

तिलकराम रिमाल
चितवन २, साउन । लगातारको वर्षापछि आएको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार आईतबार दिउँसो ३ बजेदेखि उक्त सडक खण्ड अवरुद्ध बनेको हो । खनालका अनुसार मुग्लिनबाट नारायणगढ प्रस्थान गर्ने विन्दु मुग्लिन बजार नजिकै माथिबाट रुखसहितको पहिरो खसेको छ ।1466310387mugling-jam-final

त्यसैगरी चार किलो र पाँच किलोको बीचमा पर्ने कालीखोलामा पहिरोले सडक अवरुद्ध बनाएको छ । उक्त ठाउँमा लगातार पहिरो खसिरहेको उनले बताए । सडकको ठाउँठाउँमा साना ठूला पहिरो खसेका र पानी परिरहेकोले पहिरो पन्छाउन नसकिएको खनालले बताए । पानी पर्न रोकिएमा मात्रै पहिरो पन्छाउन सहज हुने उनको भनाई थियो । इञ्जिनियर खनालले भने “पानी परिरहेकोले ठाउँठाउँमा माथिबाट सानातिना पहिरो र ढुंगा खसिरहेका छन्, पहिरो पन्छाउन जान सक्ने अवस्था नै छैन ।”
सडक अवरुद्ध बनेपछि दुर्वतर्फ सवारीको लामो लाम लागेको छ । पानी परिरहे सडक सुचारु हुन सक्ने अवस्था छैन । सडक विस्तारको कार्य भईरहेको उक्त सडक खण्डमा सडक फराकिलो बनाउने क्रममा भित्ता काटिएका छन् । जसका कारण पानी पर्नासाथ पहिरो जाने समस्या हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.