पानीको बहाव बढ्एपछि नारायणी उल्लियो, गण्डक किनारका बासिन्दा त्रसित

 
नवलपरासी, २ साउन । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेको छ । नवलपरासीको त्रिवेणी क्षेत्रमा पर्ने गण्डक नहरमा पानीको बहाव बढेसँगै नदी किनारका बासिन्दाहरु त्रासमा छन् ।narayani

तर, स्थानीय प्रशासनले पानीको बहाव बढेपनि खतरा भने नरहेको स्पष्ट पारेको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले भने, ‘दुई दिन अघिसम्म पानीको बहाव ३ दशमलव ५ र ४ को बीचमा रहे पनि आज बिहान भने ६ अंकमा पुगेको थियो । दिउँसो पुनः तल झरेको छ । कुनै खतरा छैन ।’

नारायणी नदीमा पानीको बहाव ६ दशमलब ८ अंक पुगेको अवस्थामा खतराको संकेत मानिन्छ ।

गण्डक ब्यारेजको नर्सहीस्थित बी ग्यापको ठोकर नम्बर ६, ७, ८, ११ र १२ ठोकरको अवस्था कमजोर छ । भारत सरकारले वर्षेनी मर्मत गरेको बताउने गरे पनि ठोकरको अवस्था भने नाजुक छ । नहर मर्मतको जिम्मा भारत सरकारले लिएको छ ।

Leave a Reply

Your email address will not be published.