सहिद सीताको स्मृतिमा सासंद डिआरले प्रतिक्षालय बनाए

चितवन, ०२ साउन । पश्चिम चितवनको नारायणी नगरपालिकाको जगतपुरमा नवनिर्मीत सहिद सीता बि.क.स्मृति प्रतीक्षालय उदघाट्न गरिएको छ ।
स्थानियवासीहरुको सहजताका लागि निर्मीत प्रतिक्षालयको एक समारोहका विच सासंद डिआर पौडेलले उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै स्थानियवासीहरु हितका लागि आफु सधै प्रतिवद्ध रहेको बताए ।
सासंद पौडेलले सासंद विकास कोषबाट उपलब्ध गराएको १ लाख ७५ हजार रुपैयामा सो प्रतिक्षालय स्थानिय उपभोक्ता समितिले निर्माण गरेको थियो ।
२०५९ सालमा स्याङ्गजामा सहिद हुनुभएकी सिताको परिवारको अनुरोधमा हाल जगतपुरमा रहेको घर नजिक सो प्रतिक्षालय निर्माण गरिएको हो ।