साझा बचाउन सासद डिआरले पुस्तक किनेर वितरण गरे (तस्वीरसहित)

चितवन, ०२ साउन । साझा प्रकाशनका १० करोड मूल्य बराबरका पुस्तक थन्किएर बसेका बेला यहाँका समानुपातिक सांसद धनीराम (डिआर) पौडेलले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकमबाट पुस्तक किनेर सामुदायिक विद्यालयहरुलाई वितरण गरेका छन् । साझा प्रकाशनले सबै सांसदहरुलाई साझा बचाउ अभियान अन्तर्गत थन्किएका पुस्तक खरिद गरेर पुस्तकालयहरुमा वितरण गर्न आग्रह गरेको थियो । 13702514_1011711132211027_1924043441_o
पौडेलले चितवनको क्षेत्र नं. ५ का १८ वटा माध्यमिक विद्यालयलाई ७५ वटा पुस्तकका दरले वितरण गरेका हुन् । कार्यक्रमको दुई लाख रुपैयाँ बजेट पुस्तकमा बिनियोजन गरेर सोही रकमबाट खरिद गरेका पुस्तक आज यहाँ एक कार्यक्रमको आयोजना गरी सबै विद्यालयका प्रधानाध्यापकहरुलाई उनले हस्तान्तरण गरेका हुन् ।
जिल्ला विकास समितिको कार्यालय भरतपुरमा आज आयोजित कार्यक्रममा उनले  अनुदान दिएर मात्रै नभएर पुस्तक खरिद गरिदिएर पनि साझालाई बचाउन सकिने बताए । उनले विद्यार्थी र शिक्षकहरुलाई अध्ययनशील बनाउन पुस्तक उपयोगी हुने बताए ।13728515_1011711042211036_1331134151_o

वितरण गरिएका पुस्तक गिरिजाप्रसाद कोईरालादेखि योगमायासम्मका जीवनी, द्वन्द्वात्मक भौतिकवाद र सौन्दर्यशास्त्र हुँदै विभिन्न उपन्यास, संस्मरण, कथा, कविता आदि रहेका छन् । 13720666_1011710855544388_1169766218_o
साझाको आग्रह अनुरुप आफूले मात्रै पुस्तक खरिद गरेर विद्यालयहरुमा वितरण गरेको उनले दावी गरे ।

कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी भूमिलाल सुवेदी, जिविस चितवनका योजना अधिकृत प्रकाश पौडेल, दिव्यनगर उच्च माविका प्राचार्य तुलसी घिमिरे, नारायण आचार्य लगायतले साझा प्रकाशनका उपयोगी भएर पनि थन्किएका पुस्तक खरिद गरेर साझा बचाउन र पुस्तकालयलाई उपलब्ध गराएर विद्यार्थी र शिक्षकहरुलाई पठन संस्कृतिको विकास गर्न पौडेलले महत्वपूर्ण भूमिका खेल्नु भएको बताए ।

Leave a Reply

Your email address will not be published.