माडीको हरिनगरमा हात्तीको आक्रमणबाट जल्पुको मृत्यु

किशोर रिजाल
चितवन, ०१ साउन । चितवनको ग्रामिण भेग नगरपालिका–८ हरिनगरमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट स्थानीय कनुवा पावेकी श्रीमती ७५ वर्षीया जल्पु पावेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुवंरले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जबाट गएराति करिब १ः३० मिनेटमा गाउ पसेको हात्तीले आक्रमण गर्दा घरमै सुतिरहेकी वृद्धाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको शवलाई अहिले स्थानीय माडी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गर्दा उनको घर समेत क्षति पुगेको जनाइएको छ । निकुञ्जबाट निस्कने जगंली हात्तीले प्रत्येक बर्ष स्थानियहरुको ज्यान लिदै आएको छ ।

Leave a Reply

Your email address will not be published.