नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन, १ साउन । पहिरोका कारण अबरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी नै खुलेको छ । राति पानी परेपछि खसेको पहिरो हटाएपछि बाटो दुईतर्फी खुलाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्राफिक कार्यालयका अनुसार अबरुद्ध बाटो खुलेपछि अहिले जाममा फँसको सवारी साधन गन्तब्यतर्फ प्रस्थान गर्न थालेका छन ।

यस्तै सिमलटारमा सडकमै पल्टिएको बस पनि हटाईएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढ मुग्लिन सडकमा मर्मत र बिस्तारका कामका कारण थोरै पानी परेपनि पहिरो खसेर घण्टौ अबरुद्ध हुने गरेको छ । पछिल्लो समय सडक फराकिलो पार्न पहाड फोरिएकाले पानी पर्न साथ पहाड भस्किएर पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ ।

राजधानी काठमाडौँ तथा पोखरा जोड्ने मुख्य मार्गका रुपमा रहेको नारायणगढ मुग्लिन सडकखण्डमा दैनिक ८ हजार भन्दा बढि सवारी साधन आवाज जावत गर्ने गर्छन ।