प्रधानमन्त्री ओलीको समर्थनमा चितवनमा युवाहरुको ¥याली

चितवन, ३१, असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको पक्षमा काम गर्दा गर्दै देशी बिदेशी शक्तिले घेरावन्दिमा पारी काम गर्न नदिइएको भन्दै चितवनमा पनि युवाहरुले मोटरसाइकल ¥याली निकालेका छन् । नेपालको राष्ट्रिय झण्डा सहित भरतपुरको चौविसकोठी चोकबाट शुरु भएको ¥याली लायन्सचोक, पूल्चोक गैडाकोट काँग्रेसचोकबाट फार्किएर पोखरा वसपार्क नारायणगढ, आपटारी, मालपोत चोक हुदै पुनः चौविसकोठीमा आएर समापन भएको थियो । युवाहरुले भारतको इशारामा देशमा राष्ट्रवादी प्रधानमन्त्रि केपी शर्मा ओलीलाई पदबाट हटाउने षडयन्त्र रचिएको भन्र्दै केपी ओलीको पक्षमा नारावाजी लगाएका थिए ।

Leave a Reply

Your email address will not be published.