संविधानमा महिला सवाल बारे अभिमूखिकरण

चितवन, असार ३१ । महिला सशक्तिकरण तथा परिवर्तनशील संस्था नेपाल चितवनले भरतपुरको रामनगरमा शुक्रबार एक दिवसीय कानुनी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।fffff
भरतपुर उपमहानगरपालिकाको आर्थिक सहयोग रहेको नयाँ संविधानमा महिलाका सवाल विषयको उक्त एक दिवसीय अभिमूखिकरण कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सतनचुली सामुदायिक वन उपभोक्ता समूहकी कोषाध्यक्ष गीता अधिकारी, रामगनर आमा समूहकी अध्यक्ष सीता न्यौपाने, श्याम सुवेदीलगायतले बोलेका थिए ।

कार्यक्रम संयोजक शान्ता अधिकारीको अध्यक्षतामा सम्पन्न अनुशिक्षण कार्यक्रममा संस्थाकी अध्यक्ष संगीता भट्टराईले कार्यक्रमको उद्धेश्यबारे जानकारी गराएकी थिइन् ।

अभिमूखिकरण कार्यक्रममा अधिवक्ता खगराज कँडेलले नयाँ संविधानमा भएका व्यवस्था बारे जानकारी गराएका थिए । उनले संविधानमा भएका महिला सवाल कार्यान्वयनका विषयमा ढिलाई भएको यो अवस्थामा महिलाहरुको दवाव आवस्यकता रहेको औल्याएका थिए । सविधान अुनसार कानुन निर्माण हुन नसकिरहेको अवस्थामा समस्या देखिएके उनको भनाई थियो ।

कार्यक्रममा रामनगर, ठिमुरा र देवघाट क्षेत्रका गरि ७० जना भन्दा बढी महिला सहभागी थिए ।