गोलाघाटमा गैंडाको आक्रमणबाट एकजना घाइते

 
चितवन, ३१ असार, । चितवनको नारायणी नगरपालिका १ गोलाघाटमा गैंडाको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । काठमाडौं घर भएका ४६ वर्षीय सुवास थापामगर घाइते भएका हुन् । खुट्टा र ढाडमा गम्भीर चोट लागेका उनको चितवनकै भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई शुक्रबार बिहान पाँच बजे गैंडाले आक्रमण गरेको थियो । थापामगर गोलाघाटस्थित हस्तकला उद्योगमा काम गर्दछन् । साइकलमा चढेर छोरालाई काठमाडौं जाने बस चढाउन गइरहेका बेला उनलाई गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनका छोरा पनि सकुशल छन् ।

Leave a Reply

Your email address will not be published.