रत्ननगरमा ७० बर्षीया बृद्धालाई करणी गर्ने एक जना पक्राउ

चितवन, असार ३१ । ७० बर्षीया बृद्धालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका वडा नं.२ की ७० बर्षीया बृद्धालाई करणी गरेको आरोपमा सोही ठाउँमा औषधि पसल सञ्चालक गर्दै आएका बारा जिल्ला नरही गाविस वडा नं।१ का ६५ बर्षीय रामानन्द चौधरीलाई इलाका प्रहरी कार्यालय रत्ननगरले पक्राउ गरेको हो । चौधरीले बृद्धालाई पछिल्लो पटक असार २८ गते बेलुका करणी गरेको प्रहरीले बताएको छ । बृद्धाको परिवार र चौधरीको परिवार एउटै घरमा डेरा गरी बस्दै आएका छन । घरको अधिल्लो कोठामा सुतिरहेकी बृद्धालाई चौधरीले ढोका खोलेर भित्र पसेर करणी गरेको प्रहरीका प्रारम्भीक अनुसन्धनले देखाएको छ । असार २८ गते घटना भएको भएपनि पीडित बृद्धाले ३० गते प्रहरीमा जाहेरी दिएपछि चौधरी पक्राउ परेका हुन । प्रहरीले जबरजस्ती करणी मुद्धामा म्याद थप गरी मुद्धा चलाएको छ । अधिकारकर्मी विमला दुवाडीले बृद्धामाथी भएको जबरजस्ती करणीको घटना जघन्ने अपराधको पराकष्ट भएको प्रतिक्रिया दिईन ।

Leave a Reply

Your email address will not be published.