विजय एफएमका पत्रकार क्षेत्री सुरक्षित आप्रवासन पत्रकारीता पुरस्कारबाट सम्मानित

परासी, असार ३१ । सामुदायिक रेडियो विजय एफएम १०१.६ का प्रस्तोता संयोजक तथा विजय खबर पत्रिकाका सह–सम्पादक प्रेम क्षेत्री सुरक्षित आप्रवासन पत्रकारीता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।GGGG

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय र स्विस सरकार, हेल्भेटास स्वीस इन्टरकोअपरेशनको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत बैदेशीक रोजगारीको सवालमा लेख, रचना प्रकाशन तथा प्रसारण गरी समाजमा सचेतना अभिवृद्धि गरेको भन्दै प्रोत्साहन स्वरुप क्षेत्रीलाइ सम्मान गरिएको हो ।

इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट, हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ कावासोती र नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजनामा जिल्ला विकास समितीको सभाहल परासीमा शुक्रबार आयोजीत कार्यक्रममा नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पन्थले सम्मानित पत्रकारलाई बधाई दिदैं वैदेशिक रोजगारको यात्रालाई सुरक्षित र मर्यादित बनाउन सवै लाग्नुपर्ने बताउनुभयो ।

सो अवसरमा पत्रकार प्रकाश न्यौपाने, कल्पना भट्टराई, मालती न्यौपाने र मोहन पौडेललाई पनि सम्मान गरिएको थियो । उनिहरुलाई जनही ५ हजार र ३ हजार रुपैंया सहित सम्मान पत्र र प्रशंसा पत्रले सम्मान गरीएको हो ।

परियोजनाले गतवर्ष देखि प्रत्येक वर्ष पत्रकारलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा हिमालयन सामुदायिक विकास मञ्चका सचिव तथा कार्यकारी निर्देशक सुरबिर स्थापितले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक अर्जुन रानाभाट, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्मा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रकी परियोजना संयोजक उमा पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सुरक्षित आप्रवासन पत्रकारीता पुरस्कार प्रदान तथा वार्षिक समिक्षा कार्यक्रम इन्द्रेणी सामाजिक विकास मञ्चका अध्यक्ष बालिन्द्र बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Promise Education Consultancy