भीमनगरमा हाजिरि जवाफ तथा कविता प्रतियोगिता

हेमराज रिमाल
भरतपुर, असार ३१ । पश्चिम चितवनमा रहेको भीमनगर उच्च माविले नगरस्तरीय हाजिरि जवाफ तथा कविता वाचन प्रतियोगिता गरेको छ । चित्रवन नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा ११ वटा माविस्तरका विद्यालयहरुको सहभागिता रहेको थियो । हाजिरि जवाफ प्रतियोगिता तर्फ कमलदेवी आवासीय माविले प्रथम भएको छ । मिलन ईङिलिस बोर्डीङ स्कुल द्वीतिय, गुञ्जानगर उमावि तृतिय, न्यू भिजन एकेडेमी सान्त्वना स्थान प्राप्त गर्न सफल भएको विद्यालयका सहप्रचार्य सविन न्यौपानेले जानकारि दिए ।
यस्तै कविता तर्फ राष्ट्रिय निमावि कोइलाहाकी छात्रा सरस्वती सुनारले प्रथम स्थान प्राप्त गरेकि छन् । यस्तै कमलदेवी आवासीय माविकी कुसुम विक द्वीतिय, भीमनगर उमाविकि कविता रिमाल तृतीय, कमलदेवी आमावीका खेमन तामाङ्ले सान्त्वना स्थान प्राप्त गरेका छन् । सहायक जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले विजयी स्कुलका छात्रछात्राहरुलाई पुरस्कार समेत हस्तान्तरण गरेका थिए । भीमनगर उच्च माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीदत्त दवाडीको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published.