दुर्घटनामा एकजनाको मृत्यु, २५ जना घाइते…

दयाराम आचार्य
नवलपरासी,असार ३१ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगल गएराति सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको अन्य २१ जना घाईते भएका छन ।घाईते मध्य ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।nawalaparsi `
ईलाका प्रहरी कार्यलन नवलपुरले दिएको जानकारी अनुसार  मध्यविन्दु नगरपालिका ७ चोरमारा जङगलमा बिग्रीएर रोकी राखेको लु १ ख ६७५१ नम्बरको ट्रकमा काठमाण्डौ बाट प्युठान तर्फ जादै गरेको ना ५ ख ६२७४ नम्बरको बस पछाडिबाट ठक्कर खादा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी गुल्मि र्खज्या¨ ९ बस्ने बर्ष २८ का भेष बहादुर गुछाको ज्यान गएको हो । दुर्घटनमा परी गम्भिर घाईते भएका गुछाको उपचारको क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परी घाईत भएका ८ जनाको भरपुर र अन्य १३ जनाको डण्डामा उपचार भईरहेको छ ।
दुर्घटनामा परी गम्भिर घाईतेहुनेहरुमा प्युठान टोरवाङ बस्ने बर्ष ३३ को देवेन्द्र बहादुर खत्री क्षेत्री , प्युठान धर्मवती बस्ने बर्ष ३१ का कमल पाण्ड ,प्यूठान टोरवाङ ६ बस्ने बर्ष २४ का अर्जुन भट्टराई, अर्घखाची बस्ने बर्ष ५५ का बिष्णु पौडेल, प्युठान टोरवाङ बस्ने बर्ष २० का बिशाल बि।क। र नाम थर वतन नखुलेको एक पुरुष ब्यक्ती रहेका छन । गम्भिर घाईतेहुने सबैको नया मेडिकल कलेज भरपुरमा उपचार भईरहेको छ यस्तै मध्यम अवस्थाका प्युठान नेता ९ बस्ने बर्ष ३६ को झपिन्द्र थापा र गुल्मी छफिरे ३ बस्ने बर्ष २६ कि ईश्वरी काप्री को पनि नया मेडिकल भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

राति एक बजेको समयमा भएको सवारी दुर्घटना पछि सो स्थानमा दुई घण्टा सम्म एक तर्फि रुपमा सवारी संचालन रहेकोमा बिहान ३ बजेबाट दुई तर्फी रुपमानै सवरी संचालनमा आएको प्रहरीले जनाएको छ ।