उमाशंकर ट्रष्टद्धारा बागेश्वरीमा गौ धर्मशाला निर्माण (तस्वीरसहित)

 

चितवन, ३१ असार । देवघाटको बागेश्वरीमा निर्माण गरीएको केदारनाथ गीतादेवी गौ धर्मशाला योगी नरहरीनाथ गौ संरक्षण केन्द्र बागेश्वरीलाई हस्तान्तरण गरीएको छ । उमाशंकर ट्रष्ट नेपालले निर्माण गरेको सो धर्मशालाको आजै उद्घाटन गरी केन्द्रलाई हस्तान्तरण गरीएको हो । धर्मशालाको उद्घाटन गर्दै सांसद गीता वाग्लेले नेपाली संस्कृतिमा गाईको महिमा वर्णन गर्दै गाई संरक्षणमा जुट्न आह्वान गरेकीछिन् ।13592757_10153584794731050_7451852492604924413_n हिन्दु धर्मावलम्बीले आमाको रुपमा पुज्ने गाईको संरक्षणमा ऐक्यवद्धता जनाउंदै समाजसेवी तथा व्यवासायी उमाशंकर अग्रवालले धर्मशाला निर्माण गरी केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।बुवा केदारनाथ अग्रवाल र आमा गीतादेवी अग्रवालको नाममा ७ लाख रुपैंयाको लागतमा गौ धर्मशाला निर्माण गरेको उनले बताए ।13626962_10153584794611050_2279722283927967043_n
योगी नरहरीनाथ गौ संरक्षण केन्द्र बागेश्वरीमा यो संगै ५ वटा गौ धर्मशाला बनेकाछन् ।

नव निर्मित केदारनाथ गितादेवी गौ धर्मशाला सहित ,देवघाट क्षेत्र विकास समिति, शहरी विकास मन्त्रालय, चन्द्रमान गुरुङ र दान बहादुर श्रेष्ठ जमुना श्रेष्ठद्धारा निर्मित गौ धर्मशालाहरु रहेका छन् ।

एक करोड रुपैंयाको अक्षयकोष निर्माण गर्ने लक्ष्य सहित स्थापना गरिएको योगी नरहरीनाथ गौ संरक्षण केन्द्रमा हालसम्म ३० लाख रुपैंया जम्मा भइसकेको छ । यहां विभिन्न २ सय प्रजातिका स्थानिय गाई संरक्षण गरीएका छन् ।गाईको रेखदेखका लागि केन्द्रमा ८ जना गौे संरक्षकहरु खटाइएका छन् ।13645263_10153584794346050_9132087604115101040_n
केन्द्रमा ११ हजार रुपैंया सहयोग गर्नेले आजिवन सदस्य बन्न पाउने योगी नरहरीनाथ गौ संरक्षण केन्द्र बागेश्वरीका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

यस्तै १ लाख ५ हजार रुपैंया सहयोग गर्नेले संरक्षण सदस्य बन्न पाउने उनले बताए । केन्द्रमा मानिसको आवासका लागि पनि ६ कोठे धर्मशाला निर्माण भइरहेको छ ।

सो धर्मशाला निर्माणका लागि २ लाख रुपैंया सहयोग गर्नेको कोठामा नाम लेखिने र १० लाख रुपैंया सहयोग गर्नेको धर्मशालामा नै नाम लेखिने अध्यक्ष पौडेलले बताए ।

साथै सार्वजनिक शौचालय निर्माण र खानेपानीको लागि भने सहयोगको आवश्यकता अझै पनि रहेको उनको भनाई छ ।
यस बीच सांसद गीता वाग्लेले गाई संरक्षणको लागि ५ लाख रुपैंया र केन्द्रमा हवन कुण्ड निर्माणका लागि ५ लाख रुपैंया आर्थिक सहयोग गर्ने प्रतिवद्धता गरेकी छन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का महासचिव चतुर्भज सरिया, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पिया, वागेश्वरी आध्यात्मिक परिष्दका अध्यक्ष शान्त प्रसाद पोखरेल लगायतले बोल्दै हिन्दु धर्म, संस्कृति र गाईको संरक्ष्ँणको लागि सबैको सहकार्य हुनुपर्ने बताए ।

कार्यक्रम योगी नरहरीनाथ गौ संरक्षण केन्द्र बागेश्वरीका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।