अझै फेला परिन् रिंकु यादव

चितवन, ३० असार । असार २५ गतेदेखि २७ वर्षिय युवती हराइरहेको कारण खोजी कार्यमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ । भरतपुर उपमहानगरपालिका वडा नम्बर ४ कमलनगर घर भएकी रिंकु यादव गत शनिबार घारबाट निस्किएपछि सम्पर्कमा नआएको पारीवारिक स्रोतले बताएको छ । Rinkiरिंकुका पति अनिल यादबले आफ्नी धर्मपत्नी घरमा नहुँदा आफूहरुलाई चन्तिा भएको बताए । गहुँ गोरो वर्णकी साधारण कुर्था सुरवाल लगाएकी अन्दाजी पाँच फिट दुई ईन्च उचाइ भएकी यादवलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय चितवनमा खबर गर्न आग्रह गरिएको छ । यदी कसैले रिंकुलाई देखेमा प्रहरीको सम्पर्क नम्बर १०० वा ०५६५२४२४१ मा सम्पर्क गर्न वा ९८४५०५०६७४ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.