कम तौलको बच्चा जन्मिनु बालमृत्युदरको प्रमुख कारण

चितवन, असार २९ । समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमबारे सरोकारवालासँग छलफल थालिएको छ । बाल रोग न्यूनीकरण गर्दै बालमृत्युदर घटाउनको लागि सरकारले ल्याएको रणनीतिक योजनाका बारेमा छलफल थाल्दै आगामी कार्यदिशाका बारेमा भरतपुरमा छलफल गरिएको हो ।kuposan-e1450957600686

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा भएको जिल स्तरीय योजना तर्जुमा तथा परिचयात्मक गोष्ठीमा चितवनका विभिन्न अस्पताल, रिपोर्टीङ सेन्टर, जनस्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

आगामी तीन वर्षमा जिल्लाभरी कार्यक्रम लगिने गरि तयारी गरिएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक अनुप अधिकारीले पाँच वर्ष मुनीको शिशु मृत्युदर घट्दै गएको बताए । सन् २०१५ सम्म शिशु मृत्युदर प्रतिहजार ३८ मा झरेको अधिकारीले जानकारी दिए ।

कम तौलको बच्चा जन्मिनु, कुपोषित आमाबाट बच्चा जन्मिनु लगायतका कारणहरु बालमृत्युदरको कारण भएको अधिकारीले बताए । नेपालमा ९० प्रतिशत बच्चाहरु सामान्य अवस्थामा जन्मिने गरेका बताउँदै अधिकारीले पाँच वर्ष मुनीका बच्चाहरुको बिरामी दर र मृत्युदर घटाउने सरकारको लक्ष्य रहेको बताए ।

कार्यक्रममा जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर श्रीनारायणगढ यादवले बाल पोषणका सम्बन्धमा जानकारी गराएका थिए । कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुदन कोइरालाको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.