चितवनमा सार्वजनिक स्थानमा धुमपान गर्नेलाई कार्वाही गर्ने

चितवन, २९  असार । सार्वजनिक स्थानमा धुमपान गर्नेलाई कार्वाही गर्न प्रहरी तथा स्थानीय प्रशासन लागि परेको बताइएको छ । बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनद्वारा आयोजना गरिएको स्थानीय निकायका पदाधिकारीलाई सुर्तीजन्य पदार्थ उत्पादन विक्री वितरण तथा उपभोग सम्बन्धी ऐन नियम कानुनबारे अभिमुखीकरण कार्यक्रममा सार्वजनिक स्थानमा धुमपान गर्नेलाई सय रुपैयाँ कारबाही वा सार्वजनिक स्थानबाट निकाल्ने वा दुवै सजाय हुने व्यवस्था भएको जानकारी दिइएको छ ।cigrate

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक अनुप अधिकारीले २०६८ सालमा सुर्तीजन्य पदार्थ सम्बन्धी निर्देशिका बनेर कार्यान्वयनमा आएको बताए । चितवनमा मात्र तीन हजार प्रति रसिद छपाएर धुमपान गर्नेलाई जरिवाना तिराउनको लागि प्रहरीलाई दिइएको अधिकारीको भनाइ थियो ।

सुर्तीजन्य पदार्थको उत्पादनमा प्याकेट सादा हुनुपर्ने, ९० प्रतिशत चेतनामूलक विज्ञापन राख्नुपर्ने, बट्टामात्र बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थ उपहारको रुपमा दिन नपाउने व्यवस्था भएको अधिकारीले बताए । कार्यक्रममा भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले स्वास्थ्य प्रति हरेक नागरिक सचेत हुनुपर्ने भएकोले आजैका दिनदेखि धुमपान त्याग्नुपर्ने बताए ।

उपमहानगरपालिका कार्यालयमा सिसि क्यामेरा राखिएका कारण कसैले धुमपान गरेको भेटिएमा तुरुन्त कारबाही गर्ने समेत बरालको भनाइ थियो । बुधबारको कार्यक्रममा विभिन्न कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.