रत्ननगरले कार्य सम्पादनमा गुनासो गर्ने मौका नदिने (भिडियोसहित)

बिपिन शर्मा आचार्य

चितवन, २९ असार । रत्ननगर नगरपालिका कार्यालय रत्ननगर चितवनको आर्थिक बर्ष २०७२७३ को तेश्रो तथा चौमासिक अबधीको सार्वजनिक सुनुवाई कार्यक्रम आज मिती २०७३ साल असार २९ गतेका दिन रत्ननगर नगरपालिका कार्यालयको सभा हलमा सम्पन्न भयो । कार्यक्रमको सभापतित्व कार्यालयका कार्यकारी अधिक्रित काशिराम गैरेले गरेका थिए ।

कार्यक्रमको सन्चालन सुचना शाखा प्रमुख लीलाराम अर्यालले गरेका थिए भने स्वागत र कार्यक्रमको उदेश्यको बारेमा सामाजिक प्रमुख तेजेन्द्रनाथ लामिछानेले जानकारी गराएका थिए । उल्लेखित आर्थिक बर्षको आर्थिक विवरण लेखा शाखा प्रमुख सिताराम पोख्रेलले पेश गरेका थिए ।

 

कार्यक्रममा यस क्षेत्रका बिभिन्न राजनैतीक दल तथा बिभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सम्बन्धित शाखाका जिज्ञासाका उत्तर सम्बन्धित शाखा प्रमुखहरुले दिएका थिए भने आगामी दिनहरुमा पनि चुस्त दुरुस्त कार्य सम्पादन गरी गुनासो गर्ने मौका नदिने प्रमुख गैरेले प्रतिबदता ब्यक्त गर्दै कार्यक्रम सम्पन्न गरेका थिए । कार्यक्रममा परामर्श दाता सस्थाको भूमिका प्रोग्रेसिभ इनीसिएटिभ प्रा लि काठमाण्डौले निर्वाह गरेको थियो ।