नारायणी मोटर्सले ल्यायो बजाज भि १५

चितवन, असार २९ । बजाज मोटरसाईकलको आधिकारिक विक्रेता नारायणी मोटर्स नारायणगढले नयाँ मोडेलको भी १५ मोटरसाईकल बजारमा ल्याएको छ ।bjaya baja ko news
आज (बुधबार) एक औपचारिक कार्यक्रमकाबीच नयाँ मोडेलको भी १५ मोटरसाईकल सार्वजनिक गरिएको हो । नारायणी मोटर्सकी संचालिका अनुषा चुकेले पानसमा बत्तीबालेपछि सुरु भएको औपचारिक कार्यक्रममा नारायणी मोटर्सका प्रोपाईटर बालगोपाल चुकेका छोरो अभिषेक चुके र नेपाल अटो मेकानिक्स ट्रेड युनियन चितवनका सल्लाहकार अच्युत अधिकारीले संयुक्त रुपमा मोटरसाईकललाई सार्वजनिक गर्नुभयो ।

नारायणी मोटर्सका प्रोपाईटर बालगोपाल चुकेले धेरै समयदेखि एकै किसिमको मोटरसाईकल चढ्न बाध्य भएका ग्राहकहरुलाई निकै नै आकर्षक डिजाईनका साथ बजाज भि १५ मोटरसाईकल बजारमा ल्याएको जानकारी दिनुभयो । क्लासिक लुक्सले सुसज्जित यस बजाज भि १५ मोटरसाईकल कम्प्युटर सेग्मेन्टमा एउटा पूर्णत नयाँ आयाम थप्नको लागि यस डिजाईन गरिएको हो ।

नयाँ भि १५ उत्कृष्ट पावर र पृथक डिजाईनको अतुलनिय समायोजन हुनुको साथै थुप्रै अन्य विशेषताहरुले सुसज्जित रहेको छ । यसको मूख्य विशेषताहरुमा डिटियस आई इन्जिन, एक्जास टेक, पावरफुल हेडलाईट, रिमोवेबल रियर कवल, डिसी लाइटिङ, डिसी इग्निसन सिस्टम र वाईड एण्ड लाजए टायर रहेको नारायणी मोटर्सका सेल्स अफिसर बादल भण्डारीले जानकारी दिनुभयो । कालो र सेतो दुई रंगमा उपलब्ध सो मोटरसाईकलको सिमित अवधिको लागि २ लाख ४ हजार ९ सय रुपैयाँ मूल्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published.