रिताको हत्यामा संलग्न आरोपमा धादिङका युवा पक्राउ (भिडियोसहित)

चितवन, २९ असार । चितवनको नारायणगढमा रहेको होटल कलसमा आइतबार ३० वर्षीय युवतीको हत्या गरि फरार भएका आरोपिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
Abhiyukta

भरतपुर १६ मंगलपुरकी युवती रिता भुजेलको हत्या आरोपमा प्रहरीले धादिङको गुम्दी गाविस वडा नम्बर ९ का २६ वर्षीय हेमबहादुर थापा मगरलाई मंगलबार पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो ।

आइतबार दिउँसो युवतीको हत्या गरि फरार भएका थापालाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले धादिङबाट पक्राउ गरेको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको अधिकारी गेष्ट हाउसबाट आरोपित हेमबहादुरलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका थापालाई मुलुकी ऐन ज्यान सम्बन्धी महल अन्तर्गत कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धानको काम अगाडि बढाइएको चितवनका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले बताए ।
प्रहरी अनुसन्धानको क्रममा हत्या आरोपित थापाले आफूले नै रितालाई मारेको स्वीकार गरेको कुँवरले बताए । हत्या आरोपमा पक्राउ परेका थापाले आफूहरुबीच बिबाद भएको र आफूले खानको लागि ल्याएको मुसा मार्ने विष रिताले खाएका कारण उसको मृत्यु भएको बताएको प्रहरीले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published.